
तस्बिर फाइल
स्याङजा, असार २४ । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको स्याङजा(पोखरा सडकखण्डको पुतलीबजारमा ठूलो पहिरो जादा अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय पोखराको र पुतलीबजार नगरपालिकाको डोजर ल्याएर पहिरो हटाएपछि एकतर्फी रुपमा सञ्चालनमा आएको हो । साना सवारी सधानहरु एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।
मोटरसाइकल र साना सवारी साधनहरु सञ्चलनमा आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले दिनुभयो ।
ठूलो सवारी साधनहरु सञ्चालनमा आउन अझै केही घण्टा लागउने प्रहरीले बताएको छ । अहिले पहिरो पन्छाउने काम भइरहको छ ।
प्रतिक्रिया दिनुहोस्