
पोखरा, असार २४ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले फेवाताल संरक्षणका लागि गत वर्ष निर्माण गरेको ‘सिल्टेसन ड्याम’ बाढीले बगाएको छ ।
ड्याम भत्किएपछि नदीले धार परिर्वतन गर्दा ६ घर परिवार विस्थापित भएका छन् । पोखरा–२३ स्थित फेवातालमा मिसिने हर्पन खोलामा निर्माण गरिएको ड्याम गए रातिको बाढीले बगाएको र केही घरपरिवार विस्थापित भएको सोही वडाका वडा सदस्य भरत भण्डारी जानकारी दिनुभयो ।
फेवातालमा मिसिने नदीले बर्खायाममा बगाएर ल्याउने ढुङ्गा, बालुवालगायतका गेग्रान रोक्न प्रदेश सरकार र महानगरको संयुक्त लगानीमा गत वर्ष ड्याम र पोखरी निर्माण गरिएको थियो । फेवा जलाधार क्षेत्रका मुख्य चार नदीमा रु २८ करोड लागतमा सिल्टेसन ड्याम र पोखरी निर्माण गरिएको थियो ।
हर्पनखोलामा निर्माण गरिएको ९० मिटर लामो ड्याममध्ये अन्दाजी १० मिटर जति बगाएको र अहिले पनि निरन्तर बगाउने क्रम जारी रहेको छ । हर्पनमा निर्माण गरिएको ड्यामको लागत अनुमानित रु नौ करोड रहेको वडाध्यक्ष पराजुलीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्