
काठमाडौं, असार २४ । थाइल्याण्डाका नरेश महावालिरालङ्कनलबाट नेपालका भिक्षु डा. सुगन्ध महास्थविरलाई अतिविशिष्ट धार्मिक महत्वको राजकीय सम्मानयुक्त ‘फ्रा धम्माशाक्यवंशीवसुत’ पदवी प्रदान गर्ने भएको छ । बिहीबार थाइ राजसंस्था र थाई बौद्ध संघले तेस्रो बरियताको सो पदवी भिक्षु सुगन्धलाई प्रदान गर्ने निर्णय गरेको हो ।
एक वर्ष अगाडि चौथो तहको देवसमान ‘फ्रा देवशाक्यवंशपण्डित’ पदवी प्रदान गरेको थियोे। विश्व बौद्ध जगत्मा निकै सम्मानित र गौरवमय मानिएको यो पद पाउने उहाँ पहिलो नेपाली भिक्षु हुन् ।

गृहस्थ नाम अनिलमान शाक्य रहेका उहाँले चार दशकदेखि थाइल्याण्डमा बसेर बौद्ध धर्म र बुद्ध शासनमा योगदान पुर्याउँदै आउनु भएको छ । उहाँ थाइल्यान्डको उत्तरी क्षेत्रियको गर्भनर समेत हुनुहुन्छ । विभिन्न बौद्ध विश्वविद्यालयमा आवद्ध भिक्षु सुगन्ध थाइल्यान्डको प्रसिद्ध महामुकुट बौद्ध विश्वविद्यालयका डेपुटी रेक्टर समेत हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्