२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बनेपाको पुल बजार डुबानमा


0
Shares

काठमाडौं, असार २५ । अविरल बर्षाका कारण काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ ।

पुल बजार क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ । पुल बजार क्षेत्र डुबानमा पर्दा यहाँ रहेका घर तथा पसलहरु डुबेका छन् भने स्थानीयको जनजीवन अस्तब्यस्त बनेको छ ।

सो क्षेत्रमा गुडेका र पार्किङमा राखिएका गाडीहरु डुबानमा परेका छन् । जग्गा अतिक्रमणका कारण यो क्षेत्र हरेक वर्ष डुबान पर्ने गरेको विज्ञहरु बताउँछन् ।

यद्दपी दीर्घकालीन समस्याको समाधान हुन नसकेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा अहिले पानी पन्छाउने प्रयास भइरहेको छ ।