२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपालले आर्थिक अभावका कारण खोप ल्याउन ढिलाइ गर्न नहुने : विश्व बैंक


0
Shares

काठमाडौं, असार २५ । विश्व बैंकले कोभिड–१९ खोप खरिदका लागि नेपाललाई आर्थिक सहायताको प्रतिवद्धता जनाएको छ ।

भर्चुअल पत्रकार सम्मेलनमा विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोसले नेपालले अनुदानमा उपलब्ध गराइने खोपको प्रतिक्षा गर्न नहुने बताउनुभयो ।

निर्देशक जर्भोसले कोभ्याक्स संयन्त्रले सेकेन्ड विन्डो कार्यक्रममार्फत वितरण गर्ने खोप नेपालले खरिद गर्नुपर्ने बताउनुभयो ।

विश्व बैंकले यसअघि अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनबाट हुने खोप खरिदमा आर्थिक सहायताको प्रतिबद्धता जनाएको थियो । पैसाकै कारण खोप ल्याउन ढिलाइ हुन नहुने भन्दै निर्देशक फरिसले खोप खरिदका लागि विश्व बैंकले नेपाललाई सहयोग गर्ने बताउनुभयो ।

यसअघि नै विश्व बैंकले खोप खरिदका लागि १०० मिलियन डलर उपलब्ध गराएको छ ।

खोप खरिदका लागि थप १६० मिलियन डलर एसियाली विकास बैंकमार्फत उपलब्ध गराइनेछ फरिसको भनाई छ ।

नेपाललाई खोप खरिदका लागि आवश्यक पर्न सक्ने २६० मिलियन डलर समेत सघाउन बैंक तयार रहेको निर्देशक फरिसको भनाई थियो ।