२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बंगालादेशको खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु


0
Shares

एजेन्सी । बंगलादेशको खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ ।

३० जना घाइते भएका छन् । शुक्रबार दिउँसो भएको आगलागीमा परे केही मजदुर हराइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कारखानमा काम भइरहेको समयमा आगलागी भएका कारण भागदौड मच्चिएको थियो ।

केही मजदुर हाम फालेका थिए । जसका कारण घटनामा मृत्यु हुने तथा घाइतेको सङख्या बढी भएको हुन सक्ने आशंका गरिएको छ ।

के कारण आगलागी भएको हो भन्ने अहिलेसम्म पुष्टि भएको छैन् ।