१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


त्रिविको स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गतेबाट, पायक पर्ने क्षेत्रबाट पनि दिन पाउने


0
Shares

काठमाडौं, असार २५ । कोरोनाका कारण स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयकोे स्नातक प्रथम वर्षको परीक्षा आगामी साउन १० गतेबाट हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले सो परीक्षामा संलग्न हुने बिद्यार्थीहरुले आफू अध्ययनरत क्षेत्रमा परीक्षा दिन नसक्ने अवस्था आएमा पायक पर्ने क्षेत्रबाट परीक्षा दिन पाउने व्यवस्था मिलाएको जनाएको छ ।

देश बाढी पहिरोे प्रकोपको चपेटामा परेका बेला हुन लागेको परीक्षाका लागि आफू अध्ययनरत क्षेत्रमा बस्न नपाएका विद्यार्थीले पायक पर्ने क्षेत्रबाट परीक्षा दिन पाउने व्यवस्था गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यस्तै, स्नातकोत्तर सेमेष्टरतर्फको तेस्रो सेमेष्टरको परीक्षा २० साउनबाट हुने पनि जनाइएको छ । २५ भन्दा बढी विषयमा हुन लागेको सो परीक्षा भने जहाँ विद्यार्थीले पढेका हुन् सोही ठाउँबाट दिनुपर्ने बताइएको छ । उक्त परीक्षामा करिब ८ हजार विद्यार्थी सहभागी हुँदैछन् ।