
काठमाडौं, असार २५ । सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिका विरुद्ध एकजुट हुन आव्हान गरेको छ ।
काठमाडौंमा शुक्रबार सडक प्रदर्शन गर्दै अनेरास्ववियुले ताजा जनादेशको पक्षमा जनमत सृजना गर्न पनि आव्हान गरेको छ । ७० वर्ष लामो संघर्षबाट प्राप्त लोकतन्त्र खतरामा परेकाले लोकतन्त्रको पक्षमा प्रदर्शन गर्न बाध्य भएको अनेरास्ववियुको भनाइ छ ।
प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दा सर्वोच्चमा विचाराधिन रहेको बेला सत्तारुढ दलको भ्रातृ संगठनले संवैधानिक सर्वोच्चता कायम गर्न पनि माग गरेको छ ।
यस्तै शिक्षक र विद्यार्थीलाई खोपको व्यवस्था गरेर पढाइ सुचारु गर्न पनि सो संगठनले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्