
काठमाडौं, असार २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको जलहरी खरिद प्रक्रियाबारे छानबिन शुरु गरेको छ ।
गत फागुन ११ गते विरोधकाबीच पशुपतिमा राखिएको सुनको जलहरी खरिद प्रक्रियामा अनियमितता भएको भन्दै परेको उजुरीमाथि छानबिन शुरु गरेको हो ।
सरकारको ३० करोड सहित एक अर्ब रुपैयाँ खर्च गरेर बनाइएको सुनको जलहरी राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको थियो जुन अहिले विचाराधीन छ ।
वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाएर फागुन ११ गते रिट निवेदन दायर गरेका हुन् ।
गत फागुनमा राखेको सुनको जलहरीमा क्षति पुगेपछि रातारात मर्मत गर्न लागेको स्थानीयले आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्