३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


भारतको केरलामा भेटियो जिका भाइरस


0
Shares

एजेन्सी । भारतको केरलामा जिका भाइरस भेटिएको छ ।

केरलाका १४ जना मानिसमा जिका संक्रमण भेटिएको हो । यो भाइरस लामखुट्टेबाट मानिसमा फैलिन्छ ।

भाइरस भेटिएपछि केरला राज्यका स्वास्थ्य अधिकारीहरुले त्यहाँका सबै जिल्लाहरुमा सतर्क रहन आग्रह गरेका छन् ।

केरलाकी स्वास्थ्यमन्त्री भिना जर्जले केरलाको त्रिवेन्द्रममा संक्रमण भेटिएको पुष्टि गर्नुभएको छ ।

जर्जका अनुसार पहिलो पटक तामिलनाडुकी २४ वर्षीया गर्भवती महिलामा यो भाइरस देखिएको हो ।

मनसुनसँगै लामखुट्टेको संख्या पनि बढ्दै गएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।