२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


स्वास्थ्य–शिक्षा क्षेत्रको बेथितीविरुद्ध आवाज उठाउँदा पक्राउ परे नागरिक अभियन्ता


0
Shares

काठमाडौं, असार २७ । स्वास्थ्य, शिक्षा क्षेत्रमा भइरहेको चरम बेथितीविरुद्ध सडक प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ताहरूलाई काठमाडौंको सिंहदरबार क्षेत्रबाट पक्राउ गरिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई पदमुक्त गरी नयाँ पदाधिकारी चयन गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा वृहत नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्ले, खगेन्द्र संग्रौंला, सञ्जिव उप्रेती, श्रवण मुकारुङलगायतका १७ जना रहेका छन् ।

दलीय भागबण्डाबाट नियुक्त पदाधिकारीहरुका कारण प्रतिष्ठान जर्जर अवस्थामा पुगेको भन्दै उनीहरुले वस्तुगत मापदण्डका आधारमा पदाधिकारी नियुक्त गर्न माग गरेका छन् ।

पदाधिकारी संलग्न भ्रष्टाचारका बारेमा कुनै छानबीन नभएकामा आपत्ति जनाउँदै उनीहरुले सरकारको ध्यानाकर्षण पनि गराएका हुन् ।

अभियन्ताहरुले निषेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ ।