१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपा नेपाल खारेजीको माग गर्दै अदालतमा रिट


0
Shares

काठमडौं, असार २७ । जनता समाजवादी पार्टी (जसपा) नेपाल खारेजीको माग गर्दै अदालतमा रिट पुगेको छ ।

तत्कालीन राजपाको उपाध्यक्ष बताउने राजकुमार थापासहितका केही कानुन व्यवसायीहरुले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल एकीकृत गरी बनाइएको पार्टी जसपा खारेजीको माग गर्दै अदालतमा रिट हाल्नुभएको हो ।

रिटमा निर्वाचन आयोग, तत्कालीन राजपा, पछि समाजवादी पार्टीसँग एकीकृत भई बनेको जनता समाजवादी पार्टी नेपाललाई विपक्षी बनाई उत्प्रेषण, परमादेशलगायतको आदेश जारी गर्न माग गरिएको छ ।

राजपा नेपाल र सपा बीचको एकता नै संवैधानिक नभएको जिकीर निवेदनमा गरिएको छ । उक्त एकीकरण त्रुटीपूर्ण रहेको भन्दै खारेजीका लागि निर्वाचन आयोगमा दिएको निवेदनलाई अन्देखा गरी आयोगले एकिकृत भई बनेको नयाँ दल जसपा दर्ता गरेकाले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको निवेदनमा उल्लेख छ ।

दल दर्ता नै संविधान र कानुन विपरित गरिएको जिकीर गर्दै एकीकरण पूर्वको दुई दल राजपा र सपा नेपाल कायम गरिपाउन निवेदनमा माग गरिएको छ ।