१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गोरखा र स्याङजामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि


0
Shares

स्याङजा, असार २७ । स्याङजा र गोरखामा कोरोना भाइरसको डेल्टा भेरियन्ट फेला परेको पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले स्याङजाको कालिगण्डकी गाउँपालिकाका दुई पुरुष र गोरखाका तीन जना महिलामा डेल्टा भेरियन्ट पुष्टि भएको जनाएको हो ।

कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका दुई पुरुषमा नयाँ भेरियन्ट संक्रमण भएर पनि निको भइसकेको सो गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनुभयो ।

जनस्वास्थ्य प्रयोगशाला पोखराले जेठ ३१ गते गण्डकी प्रदेशबाट ५ वटा नमुना जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको थियो । पाँच वटा नमुना पठाएकोमा पाँचै जनामा डेल्टा बि.१.६१७.२ पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिनुभयो ।

डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्टभन्दा बढी संक्रमित हुने जनाइएको छ ।

स्याङ्जामा नयाँ भेरीएन्ट देखिएपछि जिल्लावासी त्रसित भएका छन् ।