१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्युतीय बस खरिदभन्दा पहिले चार्जिङ स्टेशन : मुख्यमन्त्री पौडेल


0
Shares

हेटौंडा, असार २७ । बागमती प्रदेशसभाका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले विद्युतीय बस खरिद गर्नुभन्दा पहिले चार्जिङ स्टेशन बनाएर रुट समेत तय गर्ने बताउनुभएको छ ।

प्रदेशसभाको आइतबार बसेको बैठकमा सांसदहरुका जिज्ञासाको जवाफ दिंदै उहाँले प्रदेश सरकारले गर्ने ३० वटा विद्युतीय बस मध्ये २० वटा बस काठमाडौंमा र बाँकी १० वटा उपत्यकाबाहिर चलाइने बताउनुभयो ।

भरतपुर बसपार्क, हेटौंडा बसपार्क, काठमाडौं बसपार्क र धुलिखेल बसपार्कमा चार्जिङ स्टेशन बनाउने निक्र्यौल भईसकको भन्दै उहाँले बस खरिद गर्नका लागि टेन्डर समेत गरिसकेको बताउनुभयो ।