२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कांग्रेस क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै केन्द्रीय पार्टी कार्यालयमा धर्ना


0
Shares

काठमाडौं, असार २७ । क्रियाशील सदस्यता वितरण धाधली भएको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना शुरु भएको छ ।

१४ औं महाधिवेसनको सम्मुखमा क्षेत्रीय सभापतिहरुले आफुखुसी सदस्यता वितरण गरेको भन्दै नेपाली कांग्रेस बारा जिल्लाले धर्ना शुरु गरेको हो ।

संस्थापन पक्षनिकट जिल्ला सभापति र क्षेत्रीय सभापतिहरु मिलेर २० वटा भन्दा धेरै वडाका सभापतिहरुले सिफारीस गरेको नाम काटेर आफू निकटलाइ सदस्यता बाडेको भन्दै उनीहरु धर्नामा बसेका हुन् ।

क्रियाशील वितरणमा बैठक नबसेको, वडा सभापतिहरुलाई शतप्रतिशत नयाँ सदस्यताको फारम नदिएको, आफू खुसी मनपरि गरेको भन्दै उनीहरु धर्नामा बसेको जानकारी दिए ।

आइतबारबाट शुरु भएको धर्ना आफ्नो माग सम्बोधन नभएसम्म जारी राख्ने उनीहरुले बताएका छन् ।