२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


विपक्षी गठवन्धनविरुद्ध सत्तारुढ युवाको प्रदर्शन


0
Shares

काठमाडौं, असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालले संघीय राजधानी काठमाडौंमा प्रर्दशन गरेको छ ।

प्रधानमन्त्री ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालका युवाहरुले आइतबार काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गरेका हुन् । वर्तमान सरकार र नेकपा एमाले विरुद्धको घेरावन्दी विरुद्ध आफुहरु प्रर्दशनमा उत्रिएको उनीहरुले बताए ।

विपक्षी गठबन्धनमा संलग्न भएका राजनीतिक दलका विद्यार्थी संगठनहरु चरणबद्ध आन्दोलनमा उत्रिएका बेला प्रधानमन्त्री तथा सरकारको समर्थनमा सत्तारुढ दलका युवाहरु पनि प्रतिकारात्मक प्रर्दशनमा उत्रिएका हुन् ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले सरकारविरुद्ध चौतर्फी घेराबन्दी भएपछि आफुहरु प्रतिकारमा उत्रिएको बताउनुभयो । उहाँले संघले सरकार विरुद्ध भएका गतिविधिहरुको जस्ताको तस्तै जवाफ दिने चेतावनी दिनुभयो ।

प्रर्दशनमा सहभागी युवाहरुले केपी ओलीको चित्र अनुहारमा कोरेका थिए । उनीहरुले संविधान मिच्न पार्इंदैन भन्दै नाराबाजी गर्नुको साथै नेपालको नक्सा र संविधान प्रर्दशनमा राखेका थिए ।