१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चद्वारा परमादेश जारी


13
Shares

काठमाडौं, असार २८ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय बदर गर्ने फैसला गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलाशले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवासहितको पक्षमा फैसला सुनाउँदै संसदलाई फेरि ब्युँताएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पाँचै न्यायाधीशको एक मत रहेको भन्दै रिट निवेदनको पक्षमा आदेश जारी भएको फैसला सुनाउनुभएको हो ।

यसैगरी, सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश पनि जारी गरेको छ ।

सर्वोच्चले संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो ।