
काठमाडौं, असार २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाउनुभएको छ ।
मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको बैठकमा पूर्व पदाधिकारीहरुलाई पनि निम्त्याइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
बैठकमा महाधिवेशनको तयारी र निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकामाथि छलफल हुने उहाँको भनाइ छ ।
भदौ १६–१९ गतेसम्म काठमाडौंमा हुने १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यका बारेमा कांग्रेसमा अझै सहमति बन्न सकेको छैन । थुप्रैं जिल्लामा अझै विवाद कायमै छ ।
नेता रमेश लेखक संयोजक रहेको सात सदस्यीय क्रियाशील सदस्यता छानबिन समितिले सदस्यताबारे परेका विवादमा सहमति खोज्ने प्रयास गरिरहेको छ ।
क्रियाशीलको विवाद सकाएर कांग्रेसले साउन १२ गतेदेखि स्थानीय तहको अधिवेशन गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्