९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


विवेकपूर्ण फैसला, दायित्व कांग्रेसको काँधमा–नेपाली कांग्रेस


0
Shares

काठमाडौं, असार २८ । नेपाली कांग्रेसले सर्वोच्च अदालतले गरेको फैसलालाई विवेकपूर्ण भनेको छ ।

अदालतको फैसलालगत्तै प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एउटा इतिहास निर्माण गर्ने अवसर र दायित्व कांग्रेसको काँधमा आएको पनि उल्लेख गर्नुभयो ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशले सोमबार प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनलाई दोस्रो पटक बदर गर्दै प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश समेत जारी गरेको छ ।

पार्टीका तर्फबाट प्रतिक्रिया दिँदै शर्माले भन्नुभयो, ‘राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउँदै सम्मानित संवैधानिक इजलासको विवेकपूर्ण फैसला ! लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम ।’

सामाजिक सञ्जाल ट्वीटरमा शर्माले थप लेख्नुभएको छ, ‘केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको काँधमा ।’