२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


रामचन्द्र पौडेलले दिए देउवालाई बधाई, फैसलाले संविधान बचेको टिप्पणी


0
Shares

काठमाडौंं, असार २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिनुभएको छ ।

सर्वोच्च अदालतले आफ्नो फैसलामै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि प्रतिक्रिया दिँदै नेता पौडेललाई देउवालाई बधाई दिनुभएको हो ।

नेता पौडेलले सर्वोच्च अदालतलको आदेशले संविधान र लोकतन्त्र बचेको भन्दै उहाँले न्यायमूर्तिहरुलाई धन्यवाद पनि दिनुभयो ।

संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको भन्दै उहाँले ‘हाम्रो अभियान सफल भएको’ पनि बताउनुभएको छ ।

देउवालाई बधाई दिँदै पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, ‘संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो । संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ । यसका निम्ति सर्वोच्चका न्यायमूर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई !’