
काठमाडौं, असार २८ । माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओली बेठिक भएका कारण राज्यका सम्पूर्ण संयन्त्रले दुःख पाएको आरोप लगाउनुभएको छ ।
राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै बिडारीले प्रधानमन्त्री ओलीलाई असहज हुँदा कोरोना आउने र लकडाउन हुने तर प्रधानमन्त्रीलाई सहज हुँदा कोरोना नलाग्ने जस्तो भएको टिप्पणी गर्नुभयो ।
यस्तै कांग्रेस सांसद जितेन्द्रनारायण देवले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्न खोज्नु आपत्तिजनक रहेको बताउनुभयो ।
एमाले सांसद भैरव श्रेष्ठले सरकारले समृद्धिका लागि काम गरेको र संविधान कार्यान्वयनका लागि प्रभावकारी कदम चालेको देख्न नसकेर विपक्षी दलहरु अत्तालिएको टिप्पणी गर्नुभयो । बैठकमा बोल्ने सदस्यहरुले समसामयिक विषयबस्तुमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्