२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


राजनीतिमा नयाँ ढंगको अस्थिरता सुरु : ईश्वर पोख्रेल


0
Shares

काठमाडौं, असार २८ । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलालाई ‘बहुदलिय संसदीय प्रणालीको मर्म विपरित’ भनी टिप्पणी गरेको छ ।

नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले सर्वोच्च अदालतको फैसलालाई पार्टीले ‘बहुदलिय संसदीय प्रणालीको मर्म विपरित’ र शक्तिपृथकीकरणको सिद्धान्तको खिलापको रुपमा बुझेको बताउनुभएको हो । सर्वोच्चको आदेशपछि प्रतिक्रिया दिदै महासचिव पोख्रेलले फैसलाप्रति आफुहरुको स्पष्ट विमति रहेको बताउनुभएको हो । सर्वोच्चको आदेशले दलहरुको सर्वोच्चतालाई इन्कार गरेकाले बहुदलिय संसदीय प्रणालीको मर्म विपरित लोकतन्त्रमा आघात पुराउने काम गरेको उहाँको भनाइ छ ।

महासचिव पोख्रेलले फैसलासंगै मुलुकको राजनीतिमा नया ढंगले अस्थिरताको सिलसिला पनि सुरु भएको र त्यो आगामी दिनमा देखिदै जाने उद्घोष गर्नुभयो ।

उहाँले विवाद समाधान कार्यदलले तयार पारेको प्रस्तावको औचित्य समाप्त भएको टिप्पणी गर्नुभयो । आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने तथा सोही हस्ताक्षर सर्वोच्च अदालतमा मुद्दाको रुपमा प्रस्तुत गर्ने हरुको भूमिका माथि पार्टी भित्र समिक्षा हुने बताउनुभयो । सर्वोच्च अदालतले त्यही हस्ताक्षरलाई आधार बनाई बहुदलिय लोकतान्त्रिक प्रणालीमाथि प्रहार गरेको जिकिर उहाँले गर्नुभयो ।

सहमति छिटै भएको भए सर्वोच्च अदालतको फैसला अर्को ढंगले आउन सक्ने भन्दै उहाँले सहमतिलाई हिजोको सन्र्दभमा सकारात्मक रुपमा लिन सके पनि त्यसले पार्टी भित्र वृहत समझदारी बन्न नसक्ने बताउनुभयो । उहाँले अदालतका सबै फैसला सही हुन्छन् भन्ने नभएको उल्लेख गर्दे संविधानको धारा अनुसार अघि बढ्ने कि फैसला अनुसार भन्ने प्रश्न उब्जिएको बताउनुभयो ।