
परासी, आसर २८ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ स्थित नदवामा रहेको एक चप्पल उद्योगमा ठूलो आगलागी भएको छ ।
मिलानो एक्सन पोलिमर्स नामक चप्पल उद्योगमा साँझ ६ बजेदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।
उद्योगमा वेल्डिङ गर्ने क्रममा निस्केको झिल्को नजिकै रहेको केमिकलहरूमा सल्केपछि आगलागी भएको उद्योगका कर्मचारीले बताएका छन् ।
उद्योग परिसरमा केमिकलका धेरै ड्रमहरु राखिएकाले त्यसैमा आगलागी हुंँदा आगो बढी सल्किएको हो ।
आगलागी पछि नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीसहित बर्दघाट, रूपन्देही र रामग्रामको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
आगो नियन्त्रणमा आउन केही समय लाग्ने र त्यसपछि मात्र क्षतिको विवरण आउने प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्