३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


बाघको छालासहित ६ जना पक्राउ


0
Shares

धादिङ, मंसिर ८ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट पाटे बाघको छालासहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–३ का भाईराम प्रजा, राजेन्द्र तामाङ, ज्ञानबहादुर विक, आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका–२ का सन्त तामाङ र बेनिघाट रोराङ गाउँपालिका –३ का राजकुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । बाघको छालासहित उनीहरु सवार तीन वटा मोटरसाइकल पनि बरामद गरिएको छ ।

पक्राउ गरिएको बाघको छाला अनुसन्धानका लागि डिभिजन वन कार्यालय धादिङ पठाइने प्रहरीले जनाएको छ ।