१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


दण्डहितनाबाट अझै पनि नेपाली प्रताडित बनिरहेका छन्


0
Shares

काठमाडौं, मंसिर ८ । मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कुनै न कुनै रुपको दण्डहितनाबाट अझै पनि नेपाली प्रताडित बनिरहेको बताएका छन् ।

फ्रिडम फोरमले आइतबार ललितपुरमा गरेको कार्यक्रममा उनले सरकारले वर्षसम्म पनि द्वन्दकालिन घट्नामा न्याय दिन नसकेको भन्दै प्रणाली नै नबुझेका मान्छे सरकारमा बसे पछि कसरी न्याय पाइन्छ भने ।

कार्यक्रममा पूर्व प्रधानन्यायाधिश सुसिला कार्कीले लोकतन्त्रपछि पनि पत्रकारहरुले सुचनाका लागि सघर्ष गरिरहनु परेको भन्दै पत्रकारले दुख गरे अनुसारको रोजीरोटी पाउनुपर्छ भनीन् ।

सो अवसरमा माओवादी द्वन्दकालमा मारिएका पत्रकारका सन्तानहरुले अझै न्याय नपाएको गुनासो गरेका थिए ।

कार्यक्रममा खोज पत्रकारीता पुरस्कार कान्तिपुर दैनिकका पत्रकार कृष्ण आचार्यलाई प्रदान गरिएको थियो भने सुचनाको हकका लागि उत्कृष्ट काम गरेको भन्दै रेडियो नेपालकी सुनिता राउत र अभियन्ता विश्वजित तिवारीलाई पुरस्कृत गरिएको थियो ।