२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


बागलुङमा अटो दुर्घटना हुँदा पाँचजना घाइते


0
Shares

बागलुङ, असार २९ । बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

मंगलबार दिउँसो बागलुङ नगरपालिका वडा नम्बर १ स्थित भुपिशेरचन राजमार्गमा मालढुङ्गातर्फ गइरहेको अटो रिक्सा पल्टिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बागलुङ बजारबाट मालढुङ्गातर्फ जाँदै गएको ध १ ह २ नम्बरको अटोरिक्सा पल्टिन पुग्दा दुर्घटना भएको हो दुर्घटनामा चालक बागलुङ नगरपालिका वडा नम्बर ३ गुठी बस्ने ५८ वर्षीय दल बहादुर रुचाल टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।

घातेको धौलागिरि अस्पतालमा उपचार भैरहेको र उनीहरुको सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।