४ चैत्र २०८१, सोमबार | Tue Mar 18 2025


शेयर बजारमा दोहारो अंकको सुधार, अधिकांश समूहमा हरियाली


0
Shares

काठमाडौं, असार २९ । शेयर बजारले नयाँ प्रधानमन्त्रीलाई स्वागत गरेको छ ।

सोमबार ओरालो लागेको शेयर बजार मंगलबार दोहोरो अंकले सुधारियो । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर २८ सय ७१ पुग्यो ।

यस दिन जीवन बीमा समूह बाहेक अरु सबै समूहमा हरियाली छायो । वित्त समूहमा सबैभन्दा उच्च ९३ अंकको बृद्धि आयो । विकास बैंक, लघुवित्त, होटल तथा पर्यटन, वाणिज्य बैंक, जलविद्युत समूहमा पनि दोहोरो अंकले सुधारियो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको १ करोड २३ लाख कित्ता शेयर ५ अर्ब ५५ करोड बरारबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।