
काठमाडौं, मंसिर ८ । अफ्रिकी मुलुक कंगोमा बिमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
कंगोको अन्तर्राष्ट्रिय बिमानस्थबाट उडेको द डोरनियर २२८ बिमान उडान भरेको केही बेरमा नै सम्पर्क बिहीन बनेको थियो ।
सो बिमान कंगोको गोमा शहरमा नै दुर्घटनाग्रस्त अवस्थामा फेला परको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
गोमा शहरका घरहरुको बीचमा बिमान खसेकोले मृत्यु हुनेमा बस्तीका सर्वसाधारण समेत रहेको पनि बुझिएको छ ।
बिमान दुर्घटनाको कारणबारे केही थाहा नभएको र यसबारे अनुसन्धान भइरहेको छ । बिमानमा कति जना सवार थिए भन्ने बारे केही खुलाईएको छैन ।
प्रतिक्रिया दिनुहोस्