१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अनावश्यक खोप नलगाउन विश्व स्वास्थ्य संगठनको आग्रह


13
Shares

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अह्रानोम गेब्रियसस्ले खोप पाइसकेका देशका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गर्नुभएको छ ।

प्रमुख गेब्रियससले कम आय भएका देशका नागरिकलाई एक डोज पनि खोप उपलब्ध गराउन नसकेको अबस्थामा विकसित राष्ट्रहरूले बुस्टरका लागि भन्दै थप खोप लगाउने तयारी गरेको भन्दै यस्तो आग्रह गनुभएको हो ।

साथै विश्वव्यापी रूपमा खोपको पहँुचमा ठुलो खाडल रहेको उहाँको भनाई छ । १०४ देशमा फैलदै गएको निकै सङ्क्रामक मानिएको डेल्टा भेरियन्ट बारेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रमुख टेड्रोसले सबैलाई कम्तीमा पहिलो डोज खोप लगाउनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले अझै पनि कतिपय देशमा अग्रपङ्क्तिमा खटिरहेका स्वास्थ्यकर्मीहरुले समेत कोरोनाविरुद्धको खोप नपाएको भन्दैे चिन्ता व्यक्त गनुभयो ।