
काठमाडौं, असार २९ । नेपालमा थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणमा थप २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५८ को पिसिआर परीक्षण गर्दा १ हजार ६३९ जनामा पोजेटिभ देखिएको हो भने ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षणका क्रममा ७५९ जनामा पोजेटिभ देखिएको हो ।
गत २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्