
लहान, मंसिर ८ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी उपनिर्वाचन हुने सिरहा र सप्तरीका दुई स्थानमा आइतबार नमूना मतदान गरिएको छ ।
समग्र विकास सेवा केन्द्रद्वारा आइतबार सिरहाको कल्याणपुर नगरपालिका–१२ मा करिब दुई सयले र सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा एक सय ५० ले नमूना मतदान गरेका छन् ।
कल्याणपुर–१२ स्थित मावि परिसरमा आयोजना गरिएको नमूना मतदानको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादव, सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायतले निरीक्षण गरेको समग्र विकास केन्द्रका अरुणकुमार चौधरीले जानकारी दिए ।
यस्तै सप्तरीको छिन्नमस्ता–७ को नमूना मतदानको जिल्ला मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवाली, जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख दिलीप यादवलगायतले निरीक्षण गरेको चौधरीले बताए ।
अघिल्ला निर्वाचनहरुमा मत बदरको सङ्ख्या बढी देखिएकाले मतदाताहरुलाई सचेत बनाउन नमूना मतदान गराइएको चौधरीको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्