
सुनसरी, असार २९ । धरानमा प्रहरी हिरासतमा बालकलाई निर्घात कुटपिट गरिएको छ ।
सुनसरीको धरानमा प्रहरी हिरासतमा राखेर १४ बर्षिय बालकलाई निर्घात कुटपिट गरिएको छ । प्रहरीले धरानका उपमहानगरपालिका–१५ का १४ वर्षिय बालक विसु राईलाई निर्घात कुटपिट गरेको छ ।
प्रहरीको कुटपिटबाट घाइते बालक राई मानसिक रुपमा समेत विक्षिप्त बनेका छन् । स्थानिय सोम राईको घरबाट नगद हराएको मौखिक उजुरीका आधारमा धरान १५ स्थित श्यामचोक प्रहरी चौकीका हबल्दार रामविलास सरदारले बालकलाई पैतलामा फलामको रड र पाइएपले कुटपिट गरेको पिडित बालकले बताएका छन् । सोमबार श्यामचोक प्रहरीमा कुटपिट गरेपश्चात हबल्दार सरदारले बालकलाई इलाका प्रहरी कार्यालय धरानमा बुझाएका थिए ।
प्रहरीले इलाका प्रहरी कार्यालय धरानमा लगेर समेत आफुलाई निर्घातकुटपिट गरेको बालकले बताएका छन् । पक्राउ गरेका बालकलाई अभिभावक र स्थानिय प्रहरी कार्यालयमा गएर विरोध जनाए पश्चात प्रहरीले सोमवार बेलुका रिहा गरेको थियो । प्रहरीको कुटपिटबाट घाइते भएका बालक रातभरी तर्सिने र घरीघरी मानसिक सन्तुलन गुमाउने गरेको आमा आरती राईले बताइन् । उनले घरमा बसेको बालक छोछारालाई चोरी गरेको झुट्यो आरोप लगाइएर हिरासतमा राखेर बिना गल्ती कुटपिट गरेकाले दोषि प्रहरी माथी कार्वाहि गर्न छोराको उपचार गर्न माग गरेकी छिन् ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुवरले बालकलाई हिरासतमा राखेर कुटपिट गरिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै कुटपिट गर्ने प्रहरीलाई विभागिय कार्वाहि प्रकृया अगाडी बढाउने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्