
काठमाडौं, असार २९ । पथलैया–वीरगञ्ज व्यापारिक मार्गमा संचालित ११ वटा पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ वितरणमा रोक लगाइने भएको छ ।
सडक विस्तार योजनाले सडकको मध्यविन्दूबाट ३१ मिटर टाढा मेसिन राखेर पेट्रोलियम पदार्थ बिक्रिबितरण गर्न पटक–पटक अनुरोध गरे पनि अटेर गरेपछि रोक लगाउन थालिएको हो ।
योजनाले सर्विस लेनमा निजी प्रयोग, सबारी दुर्घटना, मापदण्ड नपुग्ने लगाएतका कारण देखाइ नेपाल आयल निगमलाई पत्राचार गरी एक साताभित्र बिक्री रोक्न आग्रह गरेको छ ।
यसअघि पेट्रोल पम्पका संचालक र योजनाको प्रतिनिधिबीच छलफल हुँदा ३१ मिटरमा संचालन गर्ने सहमती भएको थियो । तर विक्रेताहरुले सडकको नालामै मिटर राखी सर्बिस लेन प्रयोग गरी व्यवसाय चलाउँदै आएका थिए ।
सडक योजनाका प्रमुख मनिष कुमार साहले सञ्चालकहरुले कोभिडको बहाना देखाएर पेट्रोल पम्प सार्न आनाकानी गरे पनि अब भने छुट नदिइने चेतावनी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्