२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


निष्ठापूर्वक काम गरेँ : मन्त्री पौडेल


0
Shares

काठमाडौं, असार २९ । वर्तमान सरकारको बर्हिगमनसँगै सिंहदरबारबाट मन्त्रीहरुको बिदाई भएको छ ।

सिंहदरबारमा मंगलबार अपरान्ह अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बिदाई भएको हो । अर्थ मन्त्रालयमा दोस्रो पटक मन्त्रीको रुपमा आउनुभएका मन्त्री पौडेलले आफ्नो कार्यकाल सफल भएको दाबी गर्नुभयो । आफुले निष्ठापूर्वक काम गरेकोले सन्तुष्ट हुँदै बिदा भएको उहाँको भनाई छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङको पनि बिदाई गरिएको छ । भौतिक मन्त्री नेम्वाङले आफुले चाहेजस्तै गरी कर्मचारीहरुको सहयोग पाएका कारण राष्ट्र र जनताप्रतिको दायित्व पुरा गर्न सकेको बताउनुभयो ।

ओली नेतृत्वको सरकारले विकास निर्माणको कामलाई तिव्रता दिएको उहाँको भनाई छ ।