१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टोकियो ओलम्पिकमा नेपालको झण्डा जलपरी गौरिकाले बोक्ने


0
Shares

काठमाडौं, असार २९ । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालको झण्डा जलपरी पौडी खेलाडी गौरिका सिंहले बोक्ने भएकी छिन् ।

नेपाल ओलम्पिक कमिटिले पत्रकार सम्मेलन गर्दै ओलम्पिकको उद्घाटनको मार्च पासमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको हो ।

गौरिकाले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् । उनी २०१६ को रियो ओलम्पिकमा ओलम्पिककै सर्वाधिक कम उमेरको खेलाडी बनेकी थिइन् ।

नेपालमा आयोजना भएको १३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र ३ कांस्य जितेकी थिइन् । यस्तै नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल रहेको ओलम्पिक कमिटिले जनाएको छ ।

टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी र अफिसियल गरि कुल २६ जनाको सहभागिता रहने ओलम्पिक कमिटीले जनाएको छ । जसमा पाँच खेलाडी र चार प्रशिक्षक छन् ।

टोकियो ओलम्पिकमा पौडीबाट गौरिकासँगै एलेक्जेन्डर शाह एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्नेछन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।