१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अमेरिकाको न्यूजर्सीमा नेपालीले नै गरे नेपालीको हत्या


0
Shares

अमेरिका, असार ३० । अमेरिकाको न्यूजर्सी राज्यमा एक नेपालीले अर्का नेपालीकै हत्या गरेको छ । हत्या न्यूजर्सीस्थित मवाहमा ग्यास स्टेशनमा गरिएको हो ।

२४ बर्षे मिलन घिमिरेले ग्यास स्टेशनमा काम गर्ने आफ्नै सहकर्मी ५६ बर्षका फु छेवाङलाई गोली हानी हत्या गरेका हुन् ।

न्युजर्सीको मवाहमा स्थानीय समयअनुसार सोमबार राती पौने १० बजे गोली हानी हत्या गरिएको प्रहरीले जनाएको हो ।

घटना ग्यास स्टेशनमा नभई घरमा नै भएको प्रहरीलाई उधृत गर्दै अमेरिकाबाट प्रकाशित हुने खसोखास अनलाइन पत्रिकाले जनाएको छ ।

घिमिरे आफैंले घटनापछि प्रहरीलाई फोन गरेर, ‘मैले एकजनालाई गोली हानें । मर्‍यो कि ज्यूँदै छ थाहा भएन,’ भनेको प्रहरीले जनाएको छ ।

रुममेट समेत रहेका छेवाङको शरीरमा थुप्रैं पटक गोली चलाइएको भेटिएको प्रहरीले जनाएको छ ।