२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पाँचथरमा निर्माण सामाग्रीको गुणस्तरीयता परिक्षण गर्ने प्रयोगशाला स्थापना


0
Shares

पाँचथर, असार ३० । पाँचथरको फिदिम नगरपालिकाले प्रयोगशाला स्थापना गरेको छ ।

निर्माण सामाग्रीको गुणस्तरीयता परिक्षण गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको हो । आगामी आर्थिक बर्ष २०७८÷७९ बाट संचालन हुने नगरका योजनाहरुको काममा प्रयोग हुने निर्माण सामाग्रीको गुणस्तरीयता परिक्षण गर्न प्रयोगशाला स्थापना गरिएको फिदिम नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनियर प्रेम काफ्लेले बताउनुभयो ।

नगरपालिकाको २१ लाख रुपैया लगानीमा प्रयोगशाला स्थापना गरिएको हो । यो प्रयोगशााला बाट गिटी, इँटा, कंक्रिट ,सिमेन्ट, ग्याबिन तार जालीको परिक्षण गरिने इन्जिनियर काफ्लेले बताउनुभयो ।
जडान सप्लायर्सले गर्ने, नापतौल विभागले प्रमाणित गर्ने र साउनको अन्तिम देखि प्रयोगशालाबाट ती सामाग्रीको परीक्षण थालिने छ ।

गुणस्तरीयता परिक्षणसंगै योजनाको काम गुणस्तरीय ढंगबाट अघि वढ्ने बिश्वास गरीएको छ ।