७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


२०९ किलो गाँजासहित भारतीय ट्रक नियन्त्रणमा


0
Shares

मकवानपुर, असार ३० । मकवानपुर प्रहरीले हेटौंडाको दुई स्थानबाट २०९ किलो लागु औषध गाजाँसहित प्रहरीले सवारी साधन र मानिस नियन्त्रणमा लिएको छ ।

बुधबार प्राप्त बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला हेटौंडा १५ रातोमाटेमा हेटौडाबाट बारा तर्फ जाँदै गरेको विआर०१जीजी ९४९५ नम्बरकोको भारतीय ट्रकबाट गाँजा १६९ किलो फेला परेको र गाडीका चालक भारत मोतिहारी बस्ने ३० वर्षको रविन्द्र राय र सहचालक सोही स्थान बस्ने ३१ वर्षको मुक्तार सैफिकलाई गाँजा, गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायब निरिक्षक जयश्वर रिमालले बताउनुभयो ।

त्यस्तै आजै बिहान ७ बजे तिर बिशेष सूचनाको आधारमा प्रहरी टोलिले हेटौंटा १९ नेवारपानीबाट मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको ना ६ ख ३७४१ नम्बरको कन्टेनर गाडीमा गाँजा ४० किलो गाजाँ फेला परेकोले गाडीका सहचालक नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ४ बस्ने १९ वर्षका दीपक गुरुङलाई गाँजा, गाडी सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।