१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


थप २९ सय ५ संक्रमित, १८ जनाको मृत्यु


0
Shares

काठमाडौं, असार ३० । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २९०५ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २४ जनामा परीक्षण गर्दा २९०५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरमा ८१०८ जनाको पिसिआर परीक्षणबाट २०१० जनामा संक्रमण पुष्टि भएको छ भने ४९१६ जनाको एन्टिजेन परीक्षणबाट ८९५ जनामा पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १६०६ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४३० पुगेको छ ।