
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ ।
चन्दले दाहाललाई खुमलटारस्थित दाहाल निवासमै पुगेर भेट गर्नुभएको हो ।
त्यसक्रममा चन्दले केपी ओली सरकारसँग भएको सम्झौता वर्तमान सरकारले कार्यान्वयन गर्ने वातावरण मिलाउन दाहालसँग आग्रह गर्नुभएको थियो ।
ओली सरकारसँग गरिएको शान्ति सम्झौता बमोजिम आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा नभएको चन्दले बताउनुभयो ।
यसैगरी, दुई नेताबीच पूर्व माओवादी घटकहरूबीच एकता गरिनुपर्नेमा पनि छलफल भएको भेटमा संलग्न एक नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्