१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूत बेरीको भेट


0
Shares

काठमाडौं, असार ३१ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री देउवालाई भेट गर्न राजदूत बेरी बिहीबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमै पुग्नुभएको हो ।

आफ्नो ट्वीटर ह्याण्डलमार्फत् भेटको तस्वीरसँगै प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल–अमेरिकाबीचको मित्रता र साझेदारी थप सुदृढ गरिने उल्लेख गर्नुभएको छ ।

यसअघि मंगलबार नै राजदूत बेरीले प्रधानमन्त्रीको शपथ सकिनासाथ सामाजिक सञ्जालमार्फत् देउवालाई बधाई दिनुभएको थियो ।