२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


महाधिवेशन र सरकारका विषयमा छलफल गर्न पौडेल पक्ष छलफलमा


0
Shares

काठमाडौं, असार ३१ । महाधिवेशन र सरकारका विषयमा छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ ।

महामन्त्री डा. शशांक कोइरालाको निवासमा बस्ने बैठकमा क्रियाशील सदस्यता छानविन र सरकारमा आफ्नो समूहको सहभागिताबारे छलफल हुने जनाइएको छ । बैठकमा आफ्नो पक्षबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको विषयमा पनि छलफल हुने पौडेल पक्षीय नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री देउवाले कांग्रेसबाट २ जना मात्रै मन्त्री बनाउनुभएको छ । कांग्रेसबाट बालकृष्ण खाँणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री बनाइएको छ ।

उनीहरू दुबै देउवानिकट हुन् । पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका तर्फबाट मन्त्री हुनेहरूको नाम देउवाले माग गरेको बुझिएको छ । अब विस्तार गरिने मन्त्रिपरिषदमा उनीहरूको समूहबाट नेता समावेश गर्ने तयारी छ ।