
कैलाली, असार ३१ । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया आसपासको क्षेत्र जलमग्न भएको छ ।
गोदावरी नगरपालिकाको वडा नं १ र ४ मा रातीदेखि भइरहेको वर्षाका कारण दर्जनौ घर डुबानमा परेका छन् ।
भालू खोलाको बाढीले उत्तर बनखेतका चार घर र बास्कोटाका १० घर डुबानमा परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार मनहरा खोलाको बाढी पनि बस्तीमा पसेको छ ।
यसले गेटा मेडिकल कलेज आसपासको क्षेत्रमा रहेका घरमा पानी पसेको छ । यस्तै लालीको मोहना नदीमा पनि बाढी आएको छ ।
नदीमा पानीको सतह बढ्दा बिहान खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मोहना नदीमा बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्