१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


थप २६७६ कोरोना संक्रमित, ३३ जनाको मृत्यु


0
Shares

काठमाडौं, असार ३१ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ ।

मंगलबार र बुधबारको तुलनामा बिहीबार संक्रमित ह्वात्तै बढेका हुन् । मंगलबार १२ तथा बुधबार १८ जनाको मृत्यु भएकामा बिहीबार ३३ जना थपिएका छन् । योसँगै अहिलेसम्म कोरोनाबाट ९ हजार ४ सय ६३ जनाको मृत्यु भएको छ ।

कोरोनाका संक्रमित पनि बढ्दै गएका छन् । बिहीबार १२ हजार ७ सय ६८ जनाको परीक्षणबाट २६ सय ७६ जनामा पोजेटिभ देखिएको हो ।

काठमाडौं उपत्यकामा पनि संक्रमित बढेका छन् । थपिएकामा काठमाडौंका ३ सय ३९, ललितपुरका १ सय ३४ तथा भक्तपुरका ८० जना हुन् । त्यस्तै चितवन र कास्कीमा समान १ सय ५५ तथा मोरङ्गमा १ सय ५ जना संक्रमित भएका हुन् ।

सक्रिय संक्रमित बढेर २६ हजार ६ सय ३९ पुगेका छन् । बिहीबार १७ सय ५७ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म पीसीआरबाट ६ लाख ६२ हजार ५ सय ७० तथा एन्टिजेनबाट ४६ हजार ८ सय ६७ जना संक्रमित भएकामा ६ लाख २६ हजार ४ सय ६८ जनालाई निको भएको छ ।