
कपिलवस्तु, असार ३१ । कपिलवस्तुको शिवराज साझेदारी वनले ६ हजार फलफूलका विरुवा वितरण गरेको छ ।
आर्थिक वर्ष ०७७र७८ को कार्यक्रमअन्तर्गत ४ लाख रुपैयाँको लागतमा साझेदारी वन क्षेत्रभित्रको उपभोक्तालाई विभिन्न प्रजातिका फलफूलका विरुवाहरु वितरण गरिएको सहायक वन अधिकृत प्रेम शंकर गुप्ताले जानकारी दिनुभयो ।
सबै उपभोक्ताहरुले घरघरमा विरुवा रोप्ने अभियानअन्तर्गत जुनसुकै विरुवा भएपनि घर वरपर रोप्न अभिप्रेरित गर्न निशुल्क विरुवा वितरण गरिएको साझेदारी वनका अध्यक्ष जगदम्वा चौधरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्