
काठमाडौं, असार ३१ । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागी जनाउने नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाई गर्नुभएको छ ।
उहाँले बिहीबार राष्ट्रपति भवन शितल निवासमा टोलीलाई शुभकामना दिई बिदाई गर्नुभएको हो । टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीसहित २६ सदस्यीय टोलीले सहभागिता जनाउने छ ।
टोकियो ओलम्पिकमा पौडीबाट गौरिका सिंह र एलेक्जेन्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्ने छन् ।
ओलम्पिकको उद्घाटनको मार्चपासमा गौरिका सिंहले नेपालको झण्डा बोक्ने छिन् । टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल रहेका छन् ।
सिलवालको नेतृत्वमा १० सदस्सीय टोली शुक्रबार जापान जाँदैछ । सिलवालसँगै टोलीमा दुई खेलाडीद्धय सोनिया र कल्पना, प्रशिक्षकद्धय जुडोका सूर्यनारायण श्रेष्ठ र सुटिङका असिम यादव पनि जापान जाने छन् ।
त्यस्तै हेडक्वाटर अफिसियल रहेका एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राज बैद्य, टिम लिडर सुनिलकुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलको रुपमा सुर्य नारायण श्रेष्ठ जापान जाने छन् । यसअघि पौडीको तीन सदस्यीय नेपाली टोली जापान पुगिसकेको छ । टोकियो ओलम्पिक साउन ८ गतेदेखि शुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्