
दाङ, साउन १ । दाङको अमिलिया चोकबाट लागुऔषध (खैरो हिरोइन)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ठूलो मात्रामा लागु औषध लिएर बाँकेबाट दाङतिर बिक्रि वितरण गर्नको लागि आइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार बेलुका इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका वडा नं. १ बस्ने वर्ष ३० का राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३६ का राज योगी रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई खोजतलासी गर्दा खैरो धुलो पदार्थ ११० ग्राम फेला परेको हो । साथै पक्राउ परेका राजु योगी यसभन्दा पहिले पनि लागु औषधको मुद्दामा ६ वर्ष कैद सजाय भुक्तान गरिसकेको । नोर महमद दर्जी चोरीको कसुरमा २ वर्ष कैद सजाय भुक्तान गरिसकेको दाङ प्रहरीले बताएको छ ।
उनीहरुलाई शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्