
ताप्लेजुङ, साउन १ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री उषाकला राईले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य रहेको बताउनुभएको छ ।
शुक्रबार ताप्लेजुङको फुङलिङ नगरपालिकाको कार्यक्रममा उहाँले स्वास्थ्य सेवालाई दुर्गम क्षेत्रका नागरिकको पहुँचमा पुर्याउने बताउनुभयो । सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवाका लागि प्रदेशका १४ वटै जिल्लाका जिल्ला अस्पतालमा स्त्री रोग तथा गाईनो सम्बन्धि सहितका २ जना विशेषज्ञ चिकित्सक पठाउने तयारी भएको बताउनुभयो ।
अस्पताललाई सुव्यवस्थित गर्न अक्सिजन प्लान्ट, एचडियू, आईसीयू र भेन्टिलेटर लगायतका उपकरण जडान सहित जनशक्ति व्यवस्थापन गर्ने लक्ष्य प्रदेश सरकारको भएको उहाँको भनाई थियो ।
अर्को प्रसंगमा उहाँले स्थानीय रुपमा उत्पादन हुने रक्सिलाई आर्थिक समृद्धि संग जोड्ने बताउनुभएको छ । आर्थिक समृद्धि नै समग्र विकासको मेरुदण्ड भएकाले सम्भावनालाई हेरेर रक्सिलाई ब्रान्डिङ गर्ने विषय आथिक समृद्धिको एजेण्डाका रुपमा आफुले उठान गरेको उहाँको भनाई थियो ।
रक्सि उत्पादन र ब्रान्डिङ गर्न एक करोड रुपैयाँ बजेट सहित नीति तथा कार्यक्रममा समेटेको र अब कानुन बन्न बाँकि रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्