
काठमाडौं, साउन १ । अर्थमन्त्री जनार्दन शर्माले हालको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गर्ने बताउनुभएको छ ।
शुक्रबार अर्थ मन्त्रालयमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले अहिलेसम्मको आर्थिक अवस्था समेटेर श्वेतपत्र जारी गर्ने बताउनुभएको हो ।
अर्थमन्त्री शर्माले पुँजि बजारमा समस्या रहेको पनि बताउनुभयो । पूँजी बजारको समस्या समाधान गर्न सर्वसाधारणको हित हुनेगरी नीति निर्माण गर्ने उहाँले बताउनुभयो । उहाँले
अध्यादेशमार्फत् आएको आर्थिक वर्ष २०७८/७९ को बजेट आगामी संसद बैठकमा पेश हुने र बजेट पास हुने, नहुने त्यसपछि नै निक्र्यौल हुने बताउनुभयो ।
सरकारको समग्र योजना निर्माण भइसकेपछि त्यसैको आधारमा अर्थ मन्त्रालयको भावी योजना र कार्यक्रमबारे बताईने पनि उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्