१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


लिम्बु समुदायले सिसेक्पा पर्व मनाउँदै


0
Shares

तेह्रथुम, साउन १ । तेह्रथुममा किरात समुदायले साउने संक्रान्ति पर्वलाई सिसेक्पा तङ्नामको नामले मनाउदै छन् ।

किराँतीहरूले आफ्नो इष्ट देवको सम्मानमा साउने संक्रान्तिको दिन पाकेका फलफूलहरू डोरीमा उनेर ढोकामाथि झुण्ड्याउने र घरवरीपरी सिउरिने गर्दछन् ।

साउने सक्रान्तीको दिन बिहानै खेतबारी वा नजीकको बनमा गई साउने पर्व मनाउन आवश्यक अन्न, फलफूल र पातहरू सङ्कलन गरी ल्याउने चलन छ ।

साउने सक्रान्तीको दिनदेखी सहकाल आउने मान्यता किराँत समुदायमा रहिआएको छ । यो पर्व पुर्वी नेपाल तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी लगायत लिम्बू समुदायको बसोबास भएका क्षेत्रमा मनाउने गरिन्छ ।